नियम ११क
दस्तुर वापत प्राप्त रकम कोषमा जम्मा गर्ने:

(१) ऐनको दफा १३ बमोजिम प्राप्त हुने जरिवाना रकम बाहेक ऐन र यस नियमावली बमोजिम प्राप्त हुने दस्तुर तथा अन्य रकमहरू सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको कोषमा जम्मा गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम जम्मा भएको रकम व्यक्तिगत घटना दर्तासंग सम्बन्धित कार्यमा खर्च गरिनेछ ।